प्रदेशकै पहिलो शीत भण्डार सुर्खेतमा
सुर्खेत –सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा प्रदेशस्तरीय मल्टिच्याम्बर शीत भण्डारको शिलान्यास गरिएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको अनुदान सहयोगमा र कर्णाली कोल्ड चैन लजिष्टिक प्रालिको संयुक्त लगानीमा निर्माण हुन लागेको मल्टिच्याम्बर शीत भण्डारको सोमबार शिलान्यास गरिएको हो ।
सुर्खेतसहित प्रदेश नम्बर–६ का किसानहरुले उत्पादन गरेका कृषि वस्तुहरुसँगै र फलफूललाई भण्डारण गर्ने उद्देश्यले १७ करोड लागतमा शीतभण्डारको शिलान्यास वीरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदी र उच्च मुल्य कृषि विकास आयोजनाका प्रमुख राजेन्द्र भारीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
मल्टिच्याम्बर शीत भण्डारमा आयोजनाको ५ करोड र अन्य लगानीकर्ताको १२ करोड लागत रकम रहेको छ । शीत भण्डार गृह निर्माण भएपछि प्रदेशमा उत्पादन हुने मौसमी कृषि उपजहरुलाई भण्डारण गरी बेमौसमी सिजनमा बिक्री गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले गरेका छन् ।
जिल्लामा आवश्यकतालाई महशुस गरी किसान र उपभोक्ताहरुको लागि शीत भण्डार निर्माण गर्न लागिएको कर्णाली कोल्ड चैन लजिष्टिक प्रालिका सञ्चालक समेत रहेका संघका अध्यक्ष अधिकारीले ८ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको शीत भण्डार निर्माण भएपछि स्याउ, आलु, अदुवा, केरा र अन्य फलफुलहरुलाई राखिने बताए ।
प्रदेशका उत्पादक र उपभोक्तालाई ध्यानमा राखि भण्डार गृह निर्माण गर्न संघले लामो समयदेखि कसरत गरेको थियो । किसानहरुले उत्पादन गरेका वस्तुलाई शीत भण्डार निर्माण भएपछि उत्पादन भएका वस्तुहरु समस्याको समाधान हुने अध्यक्ष अधिकारीको भनाई छ । ६ नम्बर प्रदेशको मुख्य बजार केन्द्रका रुपमा रहेको वीरेन्द्रनगरमा शीत भण्डार निर्माण भएपछि तरकारी र फलफूलको खेती गर्ने व्यावसायिक कृषकले आफ्ना कृषि उपजको भण्डारणमा सहजता हुनेछ ।
भण्डार गृहको ठूलो समस्या भोगिरहेका यस क्षेत्रका किसानहरुले भण्डार गृह निर्माण भएपछि फलफूल र तरकारीको व्यावसायीकरणले फड्को मार्ने अपेक्षा गरिएको छ । यसअघि स्थानीय कृषकले कोहलपुरमा रहेको शीत भण्डार गृहमा पु¥याउनु पर्ने समस्या थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण