इलाममा रुख ढाल्ने क्रममा एक पुरुषको मृत्यु, ३ जना नियन्त्रणमा
रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ । इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।
स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।
सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका–४ का स्थानीय सन्तबहादुर राई र कुवेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरुङलाई रुखले लागेको थियो ।
के कारणले रुखले लागेर उनको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा ठेक्कामा बगान लिएर रुख कटाउने सन्दकपुरका सुवास राई र रुख काट्ने इलाम नगरपालिका–४ का स्थानीयवासी सन्तबहादुर र कुवेरलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण