शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते

शनिबार, ०२ साउन २०८३, ११ : ५६
शनिबार, ०२ साउन २०८३

सारांश

  • रौतहटको चन्द्रपुरमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
  • जनकपुरबाट गरुडातर्फ आउँदै गरेको ट्रकले काठमाडौँबाट धरानतर्फ जाँदै गरेका दुई बसलाई ठक्कर दिएको थियो ।
  • दुर्घटनामा संलग्न ट्रक चालकले मादक पदार्थ सेवन गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट ।  चन्द्रपुरकाे नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।

जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौँबाट धरानतर्फ जाँदै गरेका बा.प्र.०३–००१ ख ५२८४ नम्बरको यात्रुवाहक बस र बा.प्र.०३–००१ ख ३६६० नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिएको थियो । ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।

दुर्घटनाका घाइतेहरूको विवरण:-

१) जिल्ला धनुषा, धनुषाधाम नगरपालिका –०९ बस्ने अंन्दाजी ६० वर्षीय लालबहादुर तामाङ ( ट्रक सहचालक) 

२) जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका बस्ने अन्दाजी ४३ वर्षीय विकास पौडेल (बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस चालक) 

३) जिल्ला सुनसरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीप खड्का 

४) जिल्ला सुनसरी, इनरुवा नगरपालिका –०२ बस्ने अन्दाजी ५७ वर्षीया निर्मला देवी गुप्ता 

५) जिल्ला मोरङ, सुन्दरहरैँचा नगरपालिका –०५ हरैता बस्ने अन्दाजी ४६ वर्षीया रितु वर्ण कार्की 

६) जिल्ला मोरङ, सुन्दरहरैँचा नगरपालिका –०५ हरैता बस्ने अन्दाजी ४४ वर्षीय मेघराज कार्की 

७) जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका बस्ने अन्दाजी ३२ वर्षीय सफल मगर 

८) जिल्ला मोरङ, सुन्दरहरैँचा नगरपालिका–५ हरैता बस्ने अन्दाजी ५४ वर्षीया दिलमाया कार्की

घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ भने सिमन्त हाईवे अस्पताल चपुरमा उपचाररत सफल मगर उपचारको क्रममा आफुखुशी अस्पतालबाट हिँडेका छन् ।

दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरी बर्दिबास नगरपालिका बस्ने अन्दाजी ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको हुनाले उनलाई नियन्त्रणमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप