लैंगिक विभेद अन्त्य गर्न सरकार लागि परेको छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको बताएकी छिन् । समाजमा रहेको लैंगिक विभेद हटाएर समृद्ध समाज निर्माणको लागि सरकारले काम गरिरहेको बताउँदै उनले सामाजिक रुपमा रहेको विभेद हटाउन आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताएकी हुन् ।
सोमबार एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग ईस्क्यापद्वारा काठमाडौंमा आयोजित ई(कमर्स र डिजिटल मार्केटिङसम्बन्धी दुई दिने महिला उद्यमशीलता तालिमको उद्घाटन गर्दै मन्त्री झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘समाजमा रहेको लैंगिक विभेद त्यतिबेला अन्त्य हुन्छ, जतिबेला महिलाहरू आर्थिक र सामाजिक रूपमा सशक्तीकरण हुन्छन् । यसले महिलाहरूको आत्मनिर्णयको अधिकार समेत सुनिश्चित गर्छ ।’
कोरोना महामारीका कारण सबैभन्दा मारमा महिलाहरू नै परेको बताउँदै उनले सरकारले तालिम उद्यमशीलता विकास र महिला सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै यस क्षेत्रमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले इ(कमर्स र डिजिटल मार्केटिङ क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताइन् ।
ईस्क्याप दक्षिण तथा दक्षिण एसिया उपप्रमुख रन्जन सुदेश रत्नले संसारमा महिला सशक्तीकरण अत्यन्त महत्त्वपूर्ण विषय रहेको बताए । उनले हरेक सफल पुरुषको पछि महिलाको भूमिका हुने भन्दै महिला समानताबाट मात्र विश्व विकासमा अघि बढ्न सकिनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन
-
संवैधानिक नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने
-
बलात्कार मुद्दामा जेल बसेर निस्केपछि किर्ते कागजातको धन्दा