प्रदेश खेलकुद विकास बोर्डको सचिवबाट बस्नेत बर्खास्त, योजना आयोगको उपाध्यक्षमा लक्सम नियुक्त
प्रदेश १ मन्त्रीपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले विकास बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव बस्नेतलाई हटाउने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा पूर्ण लोक्समलाई नियुक्त गर्ने निर्णय गरेको छ । पाँचथरका लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा। ज्ञानेन्द्रबहादुर कार्की (९संखुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ)लाई नियुक्त गर्ने निर्णय गरिएको यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण