खोटोको रकमले मावि तह सञ्चालन
जाजरकोट -दरबन्दी अभावमा छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय विगत दुई वर्षदेखि खोटोबाट प्राप्त रकमले सञ्चालन हुँदै आएको छ ।
सामुदायिक वनमा रहेको सल्लाको खोटो विक्री गरी सामुदायिक वन उपभोक्ता समितिलाई नियमितरुपमा हुने आम्दानीबाट शिक्षकलाई तलब दिन थालेको हो । विसं २०३९ मा प्रावि तह सञ्चालन भएको यो विद्यालयमा २०७२ सालमा मावि तह बनेको थियो । विद्यालयमा यस वर्ष अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ४३६ छ ।
उक्त विद्यालयमा प्रावि दुई स्थायी र एक अस्थायी दरबन्दीका शिक्षक रहेका छन् भने निजी स्रोतबाट मावि तीन, निमावि तीन र प्रावि एक शिक्षकलाई नियुक्ति गरेर विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद शर्माले जानकारी दिए । ।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सल्लाका खोटाको आम्दानी र गाउँमा आएको विकास निर्माणको कामलाई श्रमदान गरेर उब्रेको रकम विद्यालयको खातामा राखेर निजी स्रोतका शिक्षकलाई तलब खुवाउने गरेको अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण