विराट ट्रेड एक्स्पो– ६ दिनमा १५ करोडको कारोबार
मोरङ व्यापार संघको आयोजनामा ६ दिनदेखि सञ्चालन भइरहेको विराट ट्रेड एक्स्पो–२०७८ मा १५ करोडको कारोबार भएको छ । एक्स्पो आयोजक संस्था व्यापार संघले आज पत्रकार सम्मेलन गरी १ लाख ६० हजार बढीले मेला अवलोकन गरेको र १५ करोडको कारोबार भएको जानकारी दिएको हो । आयोजकले मेलाको समयावधि पनि बढाएको छ । अब मेला चैत २७ गतेसम्म सञ्चालन हुनेछ । यसअघि चैत २६ गतेसम्म मेला सञ्चालन हुने बताइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै मेलाका संयोजक विकास बेगवानीले अपेक्षाभन्दा बढी दर्शक आएपछि उनीहरूको इच्छाअनुसार एक्स्पो एक दिन थप गरिने निर्णय भएको बताए । ‘मेलामा एक्स्पोमा दर्शक आउनेको संख्या बढेको छ । हामीले सोचेभन्दा पनि धेरै दर्शकहरू आएका छन् । मेलालाई दर्शककले मन पराइदिनुभएको छ,’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने । उनका अनुसार एक्स्पोमा सबैभन्दा बढी इलोक्ट्रोनिक र अटो मोबाइलको सामान बिक्री भएको छ ।
एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको छ । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क तोकिएको छ । त्यस्तै अटो मोबाइलका १० स्टल रहेको छ । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ । फुडकोर्टका लागि १० स्टल छन् । यसका लागि ६० हजार तोकिएको छ ।
एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिकजसो राष्ट्रिय कलाकारहरूबाट मनोरञ्जन प्रदान गरिएको छ । शुक्रबार गायक डम्मर नेपाली र शुक्रबार चर्चित गायिका इन्दिरा जोशीको सांगीतिक प्रस्तुति रहेको छ । त्यस्तै जिपलाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहेको छ ।
एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाले आकर्षण थपेको छ । सेल्फी जोनमा फोटो खिच्नको भीड लाग्ने गरेको छ । एक्स्पोमा नेपाल सँगसँगै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरणमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण