जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपाल आउँदै
जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनीस एंगुलो र उपाध्यक्ष राखी जैन नेपाल आउन लागेका छन् । अध्यक्ष एंगुलो आज आउनु लागेका हुन् भने उपाध्यक्ष जैन शुक्रबार आउने भएका हुन् । एंगुलो भेनेजुयलाका र जैन भारतका नागरिक हुन् । अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन लागेको नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिए । एंगुलो यही चैत २७ गतेसम्म नेपालमा रहनेछन् ।
नेपालमा रहँदा उनले नेपाल जेसीजको वार्षिक कार्यक्रमअन्तर्गतको ‘नेस्नल काउन्सिलरर्स एकेडेमी’लगायतका जेसीजका कार्यक्रममा सहभागी भई प्रधानमन्त्री शेरबहादुर देउवा, सांसद विनोद चौधरी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपालस्थित राष्ट्रसङ्घीय प्रतिनिधिलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
अठारदेखि ४० वर्षसम्मका युवाको अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसीजको स्थापना नेपालमा विसं २०२१ असोज २ गते भएको हो । अन्तर्राष्ट्रिय जेसीजको स्थापनाकालको ४९ वर्षपछि डा भेषबहादुर थापाको नेतृत्वमा नेपाल जेसीजको कार्यसमिति गठन गरिएको थियो ।
नेपालमा अहिले जेसीजका १७२ शाखा छन् भने विश्वका १२० भन्दा बढी देशमा राष्ट्रिय कार्यसमिति रहेको छ । जेसीजको सबै कार्यसमितिको हरेक वर्ष नयाँ नेतृत्व चयन गरिन्छ भने एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै निर्वाचित हुन पाइने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण