नोबेलमा डाक्टर र आन्द्राका दीर्घ रोगीबीच अन्तरक्रिया, खानपिनमा विशेष ध्यान दिन सुझाव
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका बिभिन्न जिल्लाका करिब ३० जना आन्द्राका दीर्घ रोगीहरु सहभागी थिए । आन्द्राको दीर्घ रोग लाग्ने कारण, अपनाउनुपर्ने सावधानी, उपयुक्त खानपिन लगायत बिषयमा छलफल गरियो । सो अवसरमा विरामीहरूले भोगेका अनुभव सुनाएका थिए । डाक्टरहरुले रोगका बिषयमा विरामीहरुलाई थप जानकारी गराए । कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर खड्काले नियमित औषधि सेवन गर्न र अर्ग्यानिक खानेकुरा खान विरामीहरुलाई सुझाव दिए ।
कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले सबै रोगका विरामीहरुको उपचार गर्ने गरी नोबेल अस्पताल अघि बढिरहेको भन्दै अस्पतालले गुणस्तरीय उपचारलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्दै जाने बताइन् । नोबेलका डा.विश्वनाथ अधिकारी, डा.मुक्ति आचार्य, मेट्रोन कल्पना पोख्रेल लगायतले पनि विरामीहरुलाई सम्बन्धित डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गरेर उपयुक्त खानपिनमा बिशेष ध्यान दिन सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण