सिमकार्ड बिक्रीवितरणमा कडाइ
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि प्रक्रिया पूरा गरेर मात्र बिक्री वितरण भनेको हो ।
“मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ । मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्नुहुन अनुरोध छ”, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड/रिमकार्ड खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ । निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद बिक्री नभएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण