विराटनगरका ताजिम अन्सारीलाई ‘स्टार अफदिइयर’को सम्मान
विराटनगरका युवा नेता ताजिम अन्सारी स्टार अफदि इयरको सम्मानबाट सम्मानित भएका छन् । उनलाई काठमाडौंमा बिहीबार आर के इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सम्मान गरे ।
नेपाली समाजको समग्र रुपान्तरणको लागि विगतमा आएको कोरोना महामारीको चपेटामा परेकागरिव, निमुखा, असहायको सेवामा खटिएका अभियान्तालाई सम्मान गर्ने कार्यक्रममा अन्सारी पनि सम्मानित भएका हुन् ।
‘तपाईले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ प्रथम र दोस्रो लहरले देशभरका नागरिकमा भयङ्कर सन्त्रास फैलिएको समयमा आफ्नो स्वास्थ्य र परिवारको समस्यालाई समेत प्रवाह नगरी जनताहरुलाई सहयोग पुर्याउँदै अहम् भूमिका निर्वाह गरी दिनरात समाज सेवामा नै समर्पित भई पुर्याउनु भएको योगदान प्रशंसनीय र चिरकालसम्म सदास्मरणीय अनि सम्मानित छ,’ अन्सारीलाई दिएको सम्मानपत्रमाउल्लेख छ । आफू उक्त सम्मानबाट सम्मानित हुँदा गर्वको अनुभूति भएको अन्सारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण