बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुरका दोषी पक्राउ

बिहीबार, २४ चैत २०७८, २२ : २१
बिहीबार, २४ चैत २०७८

बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले बिहीबार काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको छ । 

उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र सात दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्केलाई पक्राउ गरिएको हो । 

उनले पीडितलाई न्यूरोडको महालक्ष्मी विकास बैंकको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए । उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएकामा चेकमार्फत भुक्तानी हुन नसकेको ठहर गर्दै अदालतले गत वर्ष उक्त जरिवाना र कैद सुनाएको थियो । 

त्यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्न परिचालित टोलीले आज काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप