प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूले लिए सपथ
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराएका हुन् ।
उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । यही चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश योजना आयोगमा नियुक्त गरेको थियो ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू र कर्मचारीहरुको उपस्थिति थियो । सपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईले समय खेर नफाली आफ्नो सम्पूर्ण क्षमताका साथ तोकिएको जिम्मेवारी पूरा गर्न आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण