वास्तविक विवरणको आधारमा सिमकार्ड दिन निर्देशन
शनिबार, २६ चैत २०७८, ०९ : ३३
नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकका सिमकार्ड तथा रिमकार्डहरु बिक्री वितरण गर्दा केवाईसी (KYC) फारम भरेर मात्र वितरण गर्न निर्देशन दिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले सूचना जारी गर्दै रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरुबाट सिमकार्ड तथा रिमकार्ड बिक्री वितरण भइरहेको पाइएकोले नियम अनुसार गर्न आग्रह गरेको हो ।
साथै, प्राधिकरणले आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड तथा रिमकार्ड खरिद गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । प्राधिकरणले सूचनाविपरित सिमकार्ड तथा रिमकार्ड बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण