पाँचखपनका मेयरले फिर्ता गरे गाडी
संखुवासभाको पाँचखपन नगरपालिका मेयरले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् । मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् । शुक्रबार गाडी र मोटरसाइकलको चावी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले लोकप्रियता देखाउन आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् । निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफुले प्रयोग गर्दै आएको सवारिसाधन फिर्ता गरेको राईले बताए ।
आफूले प्रयोग गर्दै आएको गाडी र मोटरसाइकल फिर्ता गरेको मेयर राईले बताए । स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन् । निर्वाचन प्रचार प्रसारका साथै पार्टीको काममा सरकारी गाडीको दुरुपयोग भएको सामाजिक सञ्जालमा चर्चा चल्न थालेपछि केहि जनप्रतिनिधिले गाडी फिर्ता गरेर लोकप्रियता देखाउन थालेका छन् । मेयर राई गाडी फिर्ता गर्ने जिल्लाकै पहिलो जनप्रतिनिधि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण