भोजपुरका सबै वडामा गठबन्धन गर्ने निर्णय, दबाबमा एमाले
सत्ता गठबन्धन दलहरुले भोजपुर जिल्लाका सबै वडामा गठबन्धन गरेर स्थानीय चुनावमा जाने निर्णय गरेका छन् । कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाको नेतृत्वमा आज बसेको गठबन्धन दलहरुको बैठकले ९ वटा स्थानीय तह र ८१ वटै वडाहरुमा गठबन्धन गर्ने निर्णय गरेको हो । ‘भोजपुर जिल्ला नेपाली कांग्रेसको सभापति विनोद वान्तवाको अध्यक्षतामा सत्तारुढ गठबन्धन दलको बैठक बसी आगामि स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वढडाहरुमा गठबन्धन गरी शानदार विजय हासिल गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकपछि जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ रायमाझी, माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, सुदन किराती, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रमेश शाक्य, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामसिंह राई, कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा, नेकपा एसका अध्यक्ष वीरजङ्ग राई तथा जनता समाजवादी पार्टी भोजपुरका अध्यक्ष आशकुमार राईको हस्ताक्षर रहेको छ ।
सत्ता गठबन्धनको तालमेलबारे निर्णयपछि एमालेलाई दवाव पर्ने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण