दमक नगरपालिकाको मेयरमा राप्रपाबाट थापाको उम्मेदवारी घोषणा
राप्रपाले झापाको दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । शनिबार पार्टीको दमकमा आयोजित विशाल आमसभामार्फत स्थानीय तहको निर्वाचनमा थापाको उम्मेदवारी घोषणा भएको हो ।
राप्रपाको प्रदेश नम्बर–१ को अध्यक्ष समेत रहेका थापा दमक नगरपालिकाका पूर्व प्रमुख पनि हुन् । उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन् । झापामा राप्रपाको संगठन प्रभावकारी रहेको छ । झापाको क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधिसभाको निर्वाचन जितेको थियो । प्रतिनिधिसभा निर्वाचनमा सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् ।
दमकमा शनिबार आयोजित आमसभामा थुप्रै व्यक्ति राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर पदमा उम्मेदवारी घोषणा गरेका थापालाई विजयको शुभकामना दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले आज शक्ति प्रदर्शन गरेको हो । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण