ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, २८ चैत २०७८, ०७ : ५६
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते बजगाईँको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्ररही प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीले ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण