भक्तपुर औद्योगिक मेला : डेढ करोडको कारोबार
नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा एक करोड ५० लाखको कारोबार भएको छ ।
मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको छ ।
मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिए । मेलामा विद्यार्थीलाई ४० र अन्यलाई ५० प्रवेश शुल्क निर्धारण गरिएको छ ।
यही चैत २४ देखि सुरु भएको उक्त मेला आगामी वैशाख ४ गतेसम्म चल्ने छ । मेलामा २०० भन्दा बढी कक्ष राखिएका छन् । मेलामा आठ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले मेला आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण