लेटाङ घटना : महिला प्रहरीलाई गोली हानेको खुलासा, ६३ जनालाई पक्राउ गरी अनुसन्धान पुरा
एक जना महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । उक्त रिपोर्ट अनुसार महिला प्रहरी उर्मिला श्रेष्ठलाई गोली लागेको उल्लेख छ । यद्यपि प्रहरीले हतियार भने अझै फेला पार्न सकेको छैन । यसअघि महिलालाई भाला, लाठी र धारिलो हतियारले हानेको प्रहरीले सार्वजनिक गरेको थियो ।
गत चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा २६ वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट वाई फाइयर आमइन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । हत्या भएको महिला प्रहरीको शरीरबाट गोली पनि निकालिएको थियो । ‘घटना भएको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरी शर्मा काफ्ले भने । महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन ।
हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाइफायर भएको थियो । तर, विधि विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किएको गोलीसँग म्याच हुन नसेकेको बताइएको छ ।
६३ जना पक्राउ, अनुसन्धान पुरा
प्रहरीले सो घटनामा ६३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । पक्राउ परेका १६ जना बालबालिका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ । पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेकामध्ये कति जनालाई कर्तव्य ज्यान मुद्दा लगाउने र कति जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने भन्ने विषयमा वकिलको कार्यालयले निर्णय गरिसकेको छैन ।
‘बुधबार बिहान हामी सरोकारवालाहरुको निर्णय गर्ने छौं र सोही दिन अभियोग अदालत लैजाने तयारी गरेका छौं,’ जिल्ला न्यायाधिवक्ता काफलले भने । पक्राउ परेकामध्ये १ जना बालकलाई अदालतले अभिभावक जिम्मा लगाउने आदेश मंगलबार नै गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण