सलमान खानको भ्रमणअघि सोहेल खान नेपालमा
बलिउड अभिनेता सोहेल खान नेपाल आएका छन् । बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएपछि उनी आवश्यक तयारीका लागि बिहीबार नेपाल आएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिल्यै नेपाल आएको ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले जानकारी दिए ।
सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल संवादपछि सोहेल खान आउने बताइएको थियो ।
दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट मूल्य तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण