बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राप्ती सोनारीमा आगलागीबाट ११ घर नष्ट

शुक्रबार, ०२ वैशाख २०७९, २१ : ४५
शुक्रबार, ०२ वैशाख २०७९

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा आज आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । स्थानीयवासी सीताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनका अनुसार, विद्युत् चुहिएर अचानक आगलागी भएको पाइएको छ ।

नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा गरिएको थियो । आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर वली र कणबहादुर खत्रीको घर जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब रु एक करोडको क्षति भएको प्रारम्भिक आँकलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी बताए । गाउँपालिकाको दमकल नभएका कारण नेपालगञ्जबाट घटनास्थल पुग्दा आगो बस्तीभर फैलिएको स्थानीय ज्ञानु वलीले बताइन् । आगलागी पीडितलाई तत्काल राहतको लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप