आईपीएलः कोलकातामाथि हैदरावादको जित
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले हराएको हो । मुम्बईमा कोलकाताले दिएको १७६ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै एडेन मार्करमले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३६ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । हैदरावादका लागि कप्तान केन विलियमसनले १७ रनको योगदान गरे । बलिङतर्फ कोलकाताका लागि आन्द्रे रसलले दुई विकेट लिए । त्यस्तै प्याट कमिन्सले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । कोलकाताका लागि नितेश रानाले ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आन्द्र रशलले नट आउट ४९ रन बनाउँदा कप्तान श्रेयस यैरले २८ रनको योगदान गरे ।
बलिङतर्फ हैदरावादका लागि थनगार्सु नटराजनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै उमरान मलिकले दुई विकेट लिँदा भुवनेश्वर कुमार, मार्काे जेसन र जगदिस सुचितले एक–एक विकेट लिए । जितसँगै हैदरावाद ५ खेलबाट ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा उक्लेको छ । पराजित कोलकाता ६ खेलबाट ६ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण