प्रेस युनियनद्वारा पाँच लाखको अक्षय कोष स्थापना
आइतबार, ०४ वैशाख २०७९, १७ : २१
नेपाल प्रेस युनियन सुनसरी शाखाले पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो ।
अक्षय कोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गरेका छन् । शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।
व्यवसायी घिमिरेले आफ्ना बुबाआमाको स्मृतिमा युनियनसँगको सहकार्यमा सो कोष स्थापना गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण