प्युठानको झिमरुक गाउँपालिकामा माओवादी र काँग्रेसबीच तालमेल
सोमबार, ०५ वैशाख २०७९, १३ : ०२
स्थानीय तह निर्वाचनमा प्युठानको झिमरुक गाउँपलिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । यसअघि राष्ट्रिय जनमोर्चाले जितेको गाउँपालिकामा दुई दल मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् ।
पालिका अध्यक्ष माओवादीलाई र उपाध्यक्ष काँग्रेसलाई दिने समझदारी बनेको छ । अरु वडा अध्यक्ष र सदस्य दुइ दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने भएको छ । माओवादीले पालिका अध्यक्षमा पितबहादुर एमसी र काँग्रेसले उपाध्यक्षमा प्रमोद पोखरेल उठाउने तयारी गरेको छ ।
पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीलाई पन्छाएर दुइ दलले मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण