माओवादी छाडेका केन्द्रीय सदस्य गौतम भन्छन्– ‘स्थानीय निर्वाचनसम्म स्वतन्त्र भएर बस्छु’
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्जबाट राजीनामा दिएका जीवन गौतमले स्वतन्त्र भएर बस्ने बताएका छन् । माओवादी कम्युनिस्ट पार्टी नै नभएको बताउँदै गौतमले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताए ।
‘माओवादीमा भ्रष्ट, बदनाम र व्यक्तिवाद गुटवाद धन कमाउने लालसा बाहेक केही छैन । पद प्रतिष्ठाबाहेक केही चाहिएको छैन । पार्टीमा गुटबन्दी र षड्यन्त्र छ’ रातोपाटीसँग कुरा गर्दै गौतमले भने, ‘यस्तो पार्टीमा म किन बस्ने ? अहिले स्वतन्त्र भएर बस्छु । राजनीतिबाट अलग हुन्न । चुनावसम्म कुनै पार्टीमा जान्न । चुनाव पछाडि के गर्ने सल्लाह गर्दै छु । यो एक महिना रेस्ट गर्छु । अब पार्टीको तनावबाट मुक्त भइयो ।’
माओवादी कम्युनिस्ट विचार र चरित्र नभएको गौतमले आरोप लगाए । ‘माओवादीमा न कम्युनिस्ट चरित्र छ । यसमा न देशभक्तिपूर्ण अडान छ । यो पार्टी निश्चित व्यक्तिको क्लब जस्तै छ’ उनले भने, ‘यो पार्टीमा केन्द्रीय अध्यक्ष प्रचण्डदेखि तलसम्म आउँदा गुटै गुटहरु, स्वार्थका केन्द्रहरु, षडयन्त्रकारीहरुको केन्द्रहरु बाहेक केही छैन ।’ माओवादीका जिल्ला नेताहरु पैसा कमाउने धन्दा बाहेक केहीमा नलागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण