लुम्बिनीमा गठबन्धनको अर्का कार्यदल गठन
लुम्बिनी प्रदेशमा गठबन्धनको बैठकले कार्यदल बनाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको सचिवालयमा सोमबार बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादी केन्द्रका तुलाराम घर्ती, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, जनता समाजवादी पार्टीका यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाका चेतनारायण आचार्य रहेका छन् ।
गठबन्धनले सिट बाँडफाँड र उम्मेदवारका बारेमा सहमति जुटाउने छ । यस्तै बैठकका एकीकृत समाजवादीले लुम्बिनी प्रदेशमा एमालेले जितेका आधा ठाउँमा दाबी गरेको छ । लुम्बिनीका १ सय ९ स्थानीय तह रहेका छन् । जसमध्ये २०७४ सालको चुनावमा एमालेले ४३ सिट जितेको थियो । यसको आधा २२ सिटमा एकीकृत समाजवादीले दाबी गरेको हो ।
बैठकमा जसपाले पनि २२ पालिका पाउनु पर्ने दाबी गरेको छ । २५ वटा उपप्रमुख पाउनुपर्ने बताएको छ । जसपाले आफूहरुले जितेका स्थानीय तहमा भनेजति सिट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने बताएको थियो । माओवादी केन्द्रले विगतमा आफूले जिते भन्दा केही बढी सिट पाउनुपर्ने माग राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण