बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

छ घर-गोठमा आगलागी हुँदा ३० लाखको क्षति

सोमबार, ०५ वैशाख २०७९, २० : २५
सोमबार, ०५ वैशाख २०७९

कपिलवस्तुमा सोमबार भएको आगलागीबाट छ घर गोठ जलेर नष्ट भएको छ । जिल्लाको शिवराज नगरपालिका–११ भदौखरमा लागेको आगोले करिब ३० लाखको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

स्थानीय मोतीराम अहिरको घरबाट सुरु भएको आगोले सीताराम यादव, रामचन्द्र यादव, अधारे यादव र भिख्की यादवको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष रामेश्वर वर्माले बताए । 

आगोले अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्रीहरू पूर्णरूपमा जलेका छन् । दिउँसो ३ बजेदेखि लागेको आगो डेढ घण्टामा स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । तराईका जिल्लामा गर्मी मौसममा हावाहुरी लाग्ने भएकाले फुसको छानो भएका घर उच्च जोखिममा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप