दाङको राजपुर गाउँपालिकाको अध्यक्षमा खड्का र उपाध्यक्षमा यादवको नाम सिफारिस
सोमबार, ०५ वैशाख २०७९, २१ : ५१
नेकपा माओवादी केन्द्रले दाङ राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ। गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा चक्रबहादुर खड्का शिखर र उपाध्यक्षमा पुष्पा यादवको नाम सिफारिस प्रवत्ता भिम वलीले बताए । कमिटीको बैठकले खड्का र यादवको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो। ‘हामी यसअघि निर्वाचनमा झिनो मतले पराजित भएका हौ ।
यसपटक संगठन बलियो बनाएका छौ जित सुनिश्चित छ’ वलीले भने, ‘माओवादी एकल रुपमा जित्न सक्ने भएकाले तालमेल गर्ने अवस्था बनेन।’ यदि काँग्रेसले पालिका अध्यक्ष दिन तयार भए तालमेल हुन सक्ने माओवादी नेताहरू बताउँछन्् । यसअघि निर्वाचन माओवादी झिनो मतले काँग्रेससँग पराजित भएको थियो । हाल काँग्रेसबाट अध्यक्ष लोकराज केसी र उपाध्यक्षमा धनपति यादव छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण