पाल्पाकी बालिकालाई काठमाडौं लगेर बलात्कार गरेको अभियोगमा पक्राउ
बुधबार, ०७ वैशाख २०७९, १७ : ३२
केही दिनअघि पाल्पाबाट हराएकी एक १३ वर्षिया बालिका बलात्कृत भएको खुलेको छ । ती बालिकालाई काठमाडौं पुर्याएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
अनलाइनमार्फत चिनजान भएकी ती बालिकालाई काठमाडौँको चन्द्रगिरी नगरपालिका–८ स्थित मातातीर्थ निवासी २७ वर्षीय महेश उदासले चैत्र २९ गते पाल्पा आएर ती बालिकालाई मोटरसाइकलमा काठमाडौं लगेको खुलेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी विजय थापाले जानकारी दिए ।
काठमाडौं लगेर चैत ३० गते टोखा नगरपालिका–६ बसुन्धारामा बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।
अभियुक्तलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । बिहेको प्रलोभन देखाउँदै अभियुक्तले बालिकालाई काठमाडौंसम्म लगेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण