प्रदेश १ गठबन्धन बैठक : एमालेसँग सहकार्य नगर्ने निर्णय
प्रदेश १ को चार दलीय गठबन्धनले आफूहरूबीच सहमति हुन नसकेका पालिकामा कुनै पनि हालतमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सुनसरीको इटहरीमा आज बसेको बैठकमा एमालेसँग सहकार्य नगर्ने बरु गठबन्धन दलहरु बीचमै अर्को गठबन्धन गर्न भने खुल्ला गर्ने निर्णय गरेको हो ।
प्रदेश १ माओवादी केन्द्रका उपाध्यक्ष शिवकुमार डाँगीले दिएको जानकारी अनुसार हालसम्म खोटाङ, भोजपुर र पाँचथरमा गठबन्धन बीचमा भागबण्डाको टुंगो लागिसकेको छ । यस्तै भोली सम्ममा धेरै जिल्लामा भागबण्डा मिलिसक्ने उनले बताए । उनकाअनुसार हालसम्म मिलेका जिल्लाको र नमिलेका जिल्लाको रिपोर्ट केन्द्रमा पठाउने पनि प्रदेशस्तरीय गठबन्धन संयन्त्रले निर्णय गरेको छ । मिलेका जिल्लामा तत्काल उम्मेदवारको टुंगो लगाएर चुनावमा जान पनि बैठकले कार्यकर्तालाई निर्देशन दिएको छ ।
‘एमाले बाहेक गठबन्धन भित्रकै दलहरूसँग गठबन्धन गरेर स्वस्थ प्रतिस्पर्धा गर्न पाउने निर्णय भएको छ,’ डाँगीले भने, ‘मिलेका जिल्लामा उम्मेदवार खडा गरेर चुनावमा होमिने र नमिलेको रिपोर्ट पनि केन्द्रलाई पठाएका छौं ।’
प्रदेश १ मा गठबन्धन दलमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी रहेका छन् । अन्य दल राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि गठबन्धन दलसँगै सहकार्य गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण