अक्सिजन उद्योगमा विस्फोट, घाइतेमध्ये पाँच जना डिस्चार्ज (सूची)
ललितपुर महानगरपालिकास्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्रा. लि. मा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जना कामदारको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त प्लान्टमा काम गर्ने कामदारहरूमध्ये भारतको पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाउँ बस्ने ४५ वर्षीय वृज महतोको मृत्यु भएको छ । त्यस्तै भारतकै २५ वर्षीय राज कुमार महतो गम्भीर घाइते रहेका छन् ।
उनको लगनखेल स्थित पाटन अस्पताल उपचार भइरहेको छ । त्यस्तै काठमाडौँको चन्द्रागिरि बस्ने ४९ वर्षीय गङ्गाराज शर्माको ग्वार्को स्थित बी एण्डी बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये रमेश अधिकारी, दुर्गा पुरी, सुदीप तिमिल्सेना, अञ्जना पौडेल, गङ्गाराज शर्मा, ईश्वर बजगाई उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् विभिन्न ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण