बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रेमीलाई सताउदै केकी

सोमबार, १२ असार २०७४, १६ : ४३
सोमबार, १२ असार २०७४

काठमाडौं – अभिनेत्री केकी अधिकारी र निराजन प्रधानको रोमान्स रहेको ‘जब देखि..’ बोलको गीत माथी बनेको भिडियो सार्बजनिक भएको छ । गायक राजु मगरको स्वर रहेको गीतको भिडियो रोमान्टिक थिममा तयार गरिएको छ । 


गीतमा केकी प्रेमीलाई सताउने प्रेमीकाको रुपमा प्रस्तुत भएकी छन् भने निराजन उनलाई फकाउदै माया गर्ने प्रेमी बनेका छन् ।


लामो समय देखि गायनमा रहेका राजुले केही समयको अन्तरालमा यो गीत ल्याएका हुन् । भिम बिसीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बिशाल भण्डारीले निर्देशन गरेका हुन् । 


आशिस अविरलको संगीत रहेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप