दाङको राप्ती र गढवामा गठबन्धनले उम्मेदवार टुङ्ग्यायो
सत्ता गठबन्धनबाट दाङको गढवा र राप्ती गाउँपालिकामा उठ्ने उम्मेदवारको टुंगो लागेको छ । सत्ता गठबन्धनभित्र काँग्रेसले चुनावी तालमेल नगर्ने भएपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी गरी चार दलले चुनावी तालमेल गर्न लागेका हुन् ।
तीन दलीय गठबन्धनबाट माओवादी केन्द्रबाट गढवा गाउँपालिका अध्यक्षमा यामनारायण शर्माले उम्मेदवारी दिने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । उपाध्यक्षमा भने एकीकृत समाजवादीबाट शान्ति चौधरीलाई उठाउने तयारी गरिएको छ । यद्यपि एकीकृत समाजवादीले निर्णय गरिसकेको छैन ।
चौधरी संघीय सांसद मेटमणि चौधरीकी दिदी हुन् । जनता समाजवादीलाई वडामा समेटिने भएको छ । यस्तै राप्ती गाउँपालिका अध्यक्षमा प्रकाश विष्टले उम्मेदवारी दिने भएका छन् । उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिने भएको छ । यद्यपि जनमोर्चाले उपाध्यक्षको उम्मेदवार बेलुकासम्म टुंगो लगाउने बताएको छ ।
राप्तीमा जसपा संगठन बलियो नभएकाले वडामा समेटिने तयारी गरिएको छ । राप्ती र गढवा गाउँपालिकामा गठन्धनमा सहभागी चारसहित काँग्रेस र एमाले गरेर त्रिपक्षीय भिडन्त हुने भएको छ । राजपुर गाउँपालिका भने माओवादी एकल रुपमा प्रतिष्प्रधा गर्ने भएको छ । माओवादीले अध्यक्ष चक्रबहादुर खड्का र उपाध्यक्षमा पुष्पा यादवलाई उठाउने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण