बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पाल्पामा गठबन्धनबीच भागबण्डा मिल्यो, कुन पालिकामा कुन पार्टीको उम्मेदवार ?

शनिबार, १० वैशाख २०७९, १४ : ४५
शनिबार, १० वैशाख २०७९

स्थानीय तहको निर्वाचनका लागि पाल्पामा सत्ता साझेदार दलहरूबीच गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । लामो समयदेखि सहमतिको प्रयास भएपनि आज मात्रै भागबण्डा मिलेको हो ।  गठबन्धन दलको बैठकले पालिकाको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लगाएको नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरैले रातोपाटीलाई बताए ।

पाल्पाको १० पालिकामध्ये ६ वटामा काँग्रेसले नेतृत्व लिने सहमति भएको छ । यस्तै  दुई वटा माओवादी र दुई वटा एकीकृत समाजवादी पार्टीले लिने सहमति भएको छ । 

सहमतिअनुसार तानसेन नगरपालिका,रामपुर नगरपालिकाका साथै माथागढी, बगनासकाली, निस्दी, रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसले नेतृत्व पाउनेछ । तानसेन प्रमुख काँग्रेस पाएपछि उपप्रमुखमा माओवादीले दिने सहमति भएको छ । यस्तै पाल्पा अर्को नगरपालिका रामपुरमा प्रमुख र उपप्रमुख दुबै नेपाली काँग्रेसलाई दिने सहमति भएको हो । 

यस्तै माओवादीले तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिका पाएको छ । तिनाउमा उपाध्यक्ष नेपाली काँग्रेसले पाएको छ । गठबन्धनको सहमति अनुसार एकीकृत समाजवादीले रम्भा र पूर्व खोलामा पालिकाको नेतृत्व लिने सहमति भएको छ । यही सहमतिअनुसार गठबन्धन बनाएर चुनावमा जाने गैरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप