दाङको बबई र बंगलाचुली गाउँपालिकामा काँग्रेस र माओवादीबीच भागबण्डा
शनिबार, १० वैशाख २०७९, २१ : ३८
दाङको बबई र बंगलाचुली गाउँपालिकामा काँग्रेस र माओवादीबीच तालमेल हुने भएको छ । शनिबार बसेको गठबन्धनको बैठकले बबई र बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार उठाउने सहमति भएको हो ।
त्यस्तै दङगिशरण र शान्तिनगर गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादीलाई भागबण्डा गरिएको छ । काँग्रेस र माओवादीसहित अरु दललाई वडामा समेटिने तयारी गरिएको छ। दाङको लमही नगरपालिकामा भने भागभण्डा हुन बाँकी रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण