बर्दियाको बासगढीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल
आइतबार, ११ वैशाख २०७९, १२ : १०
बर्दियाको बासगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल भएको छ । मेयर उपमेयर माओवादीलाई दिएर एकीकृत समाजवादीले वडामा मात्रै लिई चुनावी तालमेल भएको छ।
माओवादीले मेयर उपमेयर सहित ७ वडा अध्यक्ष लिने भएको छ । एकीकृत समाजवादीले २ वडा अध्यक्ष सहित केही सदस्यहरु लिएको छ । माओवादीले मेयरमा भुवनकुमार थारु र उपमेयरमा भूमि विकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थारु पार्टीको बर्दिया जिल्ला संयोजक हुन् भने विक पार्टीको लुम्बिनी प्रदेश सदस्य हुन् ।
यसअघि मेयर उपमेयर एमालेले जितेको थियो । माओवादी मुख्य प्रतिस्पर्धी भएर दोस्रो भइ पराजित भएको थियो । यस चुनावमा काँग्रेससँग चुनावी तालमेलमा सहमति नभएपछि आ–आफ्नो दलबाट चुनाव लड्न लागेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण