टिकट नपाएपछि मन्त्रीले लिए राजीनामा फिर्ता !
मेयरमा लड्ने भन्दै राजीनामा दिएका एक मन्त्रीले टिकट नपाएपछि अन्ततः राजीनामा पत्र फिर्ता लिएका छन् । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
तर नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको निर्णयपछि उनले राजीनामा फिर्ता लिएका हुन् । मन्त्री यादवले भने, ‘मेयरको टिकट नपाएपछि मन्त्री र प्रदेश सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको छु ।’
उनले राजीनामाका लागि शुक्रबार दिउँसो प्रदेशसभा सचिवालयमा निवेदन दिएपनि दर्ता नभएकोले आइतबार विहान राजीनामा फिर्ता लिन सहज भएको बताए । प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार मन्त्री पदबाट यादवले दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता गर्न बाँकी रहेको थियो । दर्ता हुन बाँकी भएकै कारण ले राजीनामा फिर्ता लिन सहज भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण