हुम्लामा मतपत्र आइपुग्यो
बिहीबार, १५ वैशाख २०७९, २१ : २९
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई आवश्यक मतपत्र लगायत निर्वाचन सामग्री आज जिल्लामा आइपुगेको छ । दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार मतपत्रलगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामग्री जिल्लामा आइपुगेको जनाइएको छ । मतपेटिका समेत जिल्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।
जिल्लामा मतपत्रलगायतका सामग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ आवश्यक स्थानमा पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामग्री जिल्लामा पुगेको हो । जिल्लाको सातवटै गाउँपालिकाको मतदाता सङ्ख्या ३२ हजार ५८१ रहेको छ । महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण