लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
सारांश
- लुम्बिनी प्रदेशमा हालसम्म ५९.९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
- प्रदेशभर ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकामा १ लाख ८० हजार ६३० हेक्टरमा रोपाइँ सकिएको छ ।
- सबैभन्दा कम कपिलवस्तुमा ३१ प्रतिशत र बाँकेमा ४४ प्रतिशत रोपाइँ भएको छ ।
बुटवल । लुम्बिनी प्रदेशमा यो सिजनको धान रोपाइँ ५९.९४ प्रतिशत सम्पन्न भएको छ ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा असार २६ गतेसम्म १ लाख ८० हजार ६३० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
अझै १ लाख ३२ हजार ४४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामध्ये रोल्पामा धान खेती हुने शतप्रतिशत जमिनमा रोपाइँ सकिएको छ ।
यसैगरी प्युठानमा धान रोपाइँ हुने खेतमध्ये ९२ प्रतिशत, नवलपरासी (पश्चिम)मा ९० प्रतिशत, रुकुम पूर्वमा ८० प्रतिशत, रुपन्देहीमा ७२ प्रतिशत, पाल्पामा ७१ प्रतिशत, बर्दियामा ७० प्रतिशत, दाङमा ६५ प्रतिशत, गुल्मीमा ५२ प्रतिशत र अर्घाखाँचीमा ५१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
यता, कपिलवस्तु र बाँकेमा भने धान रोपाइँको प्रगति सुस्त देखिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार कपिलवस्तुमा हालसम्म जम्मा ३१ प्रतिशतमात्र धान रोपाइँ भएको छ । जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि असार २६ गतेसम्म २० हजार ५४२ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको उनले जानकारी दिए ।
यसैगरी बाँकेमा ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा धान रोप्नुपर्ने लक्ष्य रहेकामा हालसम्म १४ हजार ८६३ हेक्टरमा मात्र रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको ४४ प्रतिशत हो ।
निर्देशनालयका अनुसार मनसुन सक्रिय भइरहेकाले आगामी दिनमा रोपाइँको गति अझ बढ्ने अपेक्षा गरिएको छ । कतिपय स्थानमा साउनको तेस्रो हप्तासम्म पनि रोपाइँ गर्न मिल्ने भएकाले यो तथ्याङ्कमा अझै सुधार आउने निर्देशनालयले जनाएको छ ।
किसानलाई समयमै बीउ, मल तथा सिँचाइको व्यवस्था मिलाउन स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरिएको निर्देशनालयको भनाइ छ । यद्यपि किसानहरू मलको उपलब्धता नभएको गुनासो गरिरहेका छन् ।
कपिलवस्तुको बुद्धभूमि गाउँपालिका–६ का वासुदेव आचार्यले वर्षा हुन ढिलाइ हुँदा समयमा मल नपाउँदा रोपाइँमा पनि ढिलो हुने गरेको बताए । आफ्नो ७ बिघा खेतमध्ये हालसम्म ३ बिघामा मात्रै रोपाइँ गरेको उनको भनाइ छ ।
प्रदेश कृषि निर्देशनालयका अनुसार लुम्बिनीमा सबैभन्दा कम धान रोपाइँ भएको जिल्ला कपिलवस्तु हो । कृषि प्रचार अधिकृत नवीन गैरेले कपिलवस्तुको सबै ठाउँमा सिँचाइ सुविधा नभएकाले कतिपय ठाउँमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । केहीदिन वर्षा सुरु भएको उल्लेख गर्दै उनले यो जिल्लामा पनि अब धमाधम रोपाइँ हुने जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण