ओलीले राजावादीहरूसँग गठबन्धन गरिरहेको पौडेलको आरोप
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएका हुन् ।
नेता पौडेलले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरूले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप समेत लगाए । उनले नेकपा एमालेले विकासका योजनाहरू अलपत्र बनाएको पनि बताए । उनले नेकपा एमालेले बारम्बार संसद्माथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको बताए ।
उनले भने, ‘गाउँमै आम्दानी गाउँमै रोजगारी यो अभियान हाम्रो हुन्छ, काँग्रेसको हुन्छ । त्यसो भएकोले निर्धक्कसँग जनतालाई भन्नुहोस्, आज विकासको नाममा एमाले पार्टीका कार्यकर्ताले केन्द्रबाट बजेट लाने, आफैँ उपभोक्ता बन्ने, आफैँ ठेकदार बन्ने, बजेट सबै खल्तीमा हाल्ने । विकासको योजना अलपत्र पार्ने काम गरेका छन् । यसबाट हामी अब नेपाललाई मुक्त गर्छौँ भनेर जनतालाई भन्नुहोस् तपाईंहरूले । जनताको अधिकारमाथि हमला भएको छ । बारम्बार सांसद बनाएर जनताले भोट दिएर पठाउने, त्यसै संसद्लाई भङ्ग गरेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने देशमा लोकतन्त्रमाथि कुठाराघात गर्ने, राजा महेन्द्रले २०१७ सालमा गरेजस्तै संसद्माथि बारम्बार हमला गर्ने ओली प्रवृत्तिसँग आज नेपाली काँग्रेसले सामना गर्न गठबन्धन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण