बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बिहानै सूर्यको पूजा गरेर आरजुले भनिन् –नारदमुनिलाई ३ हजार मतले हराउँछु (फोटो/भिडियो)

शुक्रबार, १५ मङ्सिर २०७४, १० : ५४
शुक्रबार, १५ मङ्सिर २०७४

ओम शर्मा/शम्भु दंगाल

धनगढी–शुक्रबार बिहान ७ बजे कैलालीको धनगढी उपमहानगरपालिकास्थित प्रधानमन्त्री शेरबहादुर देउवापत्नी समेत रहेकी डा. आरजु राणाले भर्खरै किनेको घर सुनसान थियो । 

गेटमा केही सुरक्षाकर्मी तैनाथ थिए । बिहान साढे ७ बजेदेखि बिस्तारै उनको घरको प्राङ्गढमा कांग्रेस कार्यकर्र्ताहरुको भीड लाग्न थाल्यो । उनीहरु चुनावी अभियान र दिउँसोको घरदैलो कार्यक्रमबारे छलफल गरिरहेका थिए । कतिपय आरजु राणा देउवालाई व्यक्तिगत रुपमा भेट्न लागि पर्खेर बसेका थिए । 

बिहान ७ः ४५ बजे उनी घरको बरण्डामा हातमा ४ वटा अगरबक्ति बोकेर निस्किइन् । अकाशतिर हेरेर सूर्यलाई ३ पटक धूपवत्ति हल्लाएर नमस्कार गरिन् र भित्र छिरिन् । पूजापाठ सकेर सवा ८ बजे उनी रातोपाटीलाई अन्र्तवार्ता दिन आएका तयार भइन् । 

बिहान ७ बजेसम्म सुत्ने बानी भएपनि चुनाव आएपछि उनले साढे ५ बजे उठ्ने र राती १२ बजेतिर सुत्ने गरेकी छिन् । 

कैलाली क्षेत्र नं. ५ को प्रतिनिधी सभा निर्वाचनका लागि उनी अहिले चुनावी मैदानमा छिन् । २०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचनमा उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन् । 

पहिलो पटक प्रत्यक्ष उम्मेदवारी दिएकी उनलाई बाम गठबन्धनबाट एमाले नेता नारदमुनि रानाले चुनौती दिएका छन् । अधिंकास समय काठमाडौंमा बिताउने राणालाई बिपक्षीहरुले ‘टुरिष्ट’ उम्मेदवार भनेका छन् भन्ने हाम्रो प्रश्नमा उनले आफू टुरिष्ट उम्मेदवार नभएको दावी गरिन् ।  
३० बर्षदेखि गाँउ गाँउको विकासका कार्यक्रममा हिँडेकोले आफूलाई टुरिष्ट उम्मेदवार भन्न नमिल्ने उनले तर्क गरिन् । 

चुनावपछि घर किन्छु
निलो रंग लगाएको साढे १ तले बंगलाबाट उनले चुनावी अभियान चलाइरेकी छिन् । चुनावी कार्यक्रममा ब्यस्त भएकाले घर किन्न बैना रकम दिएपनि फाइनल नभएको उनले बताइन् । घर धनीले ३ करोड मागेका छन् भने उनलेचाहिँ  २ करोड ३१ लाख दिने बताएकी छिन् ।

 बैना बापत घरधनीलाई ५० लाख दिइसकेको र चुनाव पछि छलफल गरेर बाँकी पैसा दिने उनले बताइन् । स्थानीय समाजसेवीको छवी बनाएका गोपाल हमालकी श्रीमती शारदा हमालको घर किन्न उनले बैना दिएकी हुन् । हवाई रुटका कारण काठमाडौंबाट धनगढी आउन धेरै बेर नलाग्ने भएका कारण नियमित आउँने उनले दावी गरिन् । 

ठट्टामा १० हजार, साँच्चै ३ हजार मत ! 
बाम गठबन्धन बनेपनि मुख्य प्रतिष्पर्धी नारदमुनी राना आफ्ना लागि चुनौती नभएको उनको दावी छ । उनले सुरुमा १० हजार मतले हराउने बताइन् । एकछिन पछि उनले १० हजार मत अन्तर भनेर आफूले ठट्टा गरेको बताउँदै कम्तिमा ३ हजार मतान्तरले पराजित गर्ने दावी गरिन् । 

जनताले आफ्नो उम्मेदवारी पछि यस क्षेत्रमा विकासका लागि ठूलो अपेक्षा गरेको बताउदै नयाँ विकास योजनाहरु आफूले अघि सार्ने बताइन् ।

गौरीफन्टा नाकालाई स्तरोन्नती गर्ने, विमानस्थल सुधारका साथै अन्र्तराष्टिय विमानस्थल बनाउने,  किसानहरुका लागि मल बिउ तथा सिंचाईको ब्यवस्था, शिक्षाको विकास, मेडिकल कलेजका साथै अस्पताहरु निमार्णको कामलाई प्रामिकता दिने उनको दावी छ । 

भिडियाे हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप