रिटेल चेन साथीमार्टले खोल्यो १०० औं शाखा

साथिमार्टले आफ्नो १००औं रिटेल शाखा स्थापना गरेको छ । २०७७ साल भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेको मार्टले चेन शाखा विस्तार गर्दै आज ११औं शाखा स्थापना गरेको हो ।
आजदेखि सञ्चालनमा आएको साथीमार्टको १००औं शाखा ब्रान्ड एम्बेस्डर राजेश हमालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र विश्वसनीयता भएको कम्पनी भएकाले आफू जोडिएको बताए ।
ललितपुरको सानेपा खरिबोटमा सन्चालनमा ल्याएको सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत सुरु गरिएको साथीमार्टका संस्थापक सागर पोखरेलले बताए । आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।
साथीमार्टले आगामी आर्थिक वर्षमा अझ आक्रामक रुपमा आफ्नो व्यापार बिस्तार गर्न ’साथी पार्टनस’ कम्पनी समेत घोषणा गरेको छ । यो एक इन्भेस्टमेन्ट कम्पनी हो जसले नयाँ फ्रेन्चाइज पार्टनरहरुको लगानीमा आफ्नो केहि प्रतिशत स्वामित्व राख्दछ र पार्टनसहरु लाई अझ प्रोत्साहन गर्दछ । तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ ।