नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’
सारांश
- इटालीका प्रशिक्षक लुसियानो स्पालेट्टीले २०२६ को विश्वकप छनोटमा नर्वेसँग ३-० ले पराजित भएपछि 'कठिन अवस्था' रहेको बताए।
- ओस्लोमा भएको खेलमा नर्वेका सोर्लोथ र नुसाले गोल गरे भने ओडेगार्डले हालान्डलाई पास दिए। इटालीले अघिल्ला दुई विश्वकप गुमाएको थियो।
- इटाली समूह 'आई' मा चौथो स्थानमा छ। स्पालेट्टीले सुधारको खाँचो औंल्याए भने कप्तान डोनारुम्माले आत्मसमीक्षाको कुरा गरे।
ओस्लो । इटालीका प्रशिक्षक लुसियानो स्पालेट्टीले आफ्नो टोली २०२६ को विश्वकप छनोटको पहिलो खेलमै नर्वेसँग ३-० ले पराजित भएपछि ‘कठिन अवस्थामा’ रहेको बताएका छन्।
ओस्लोमा भएको खेलमा घरेलु टोलीका लागि अलेक्ज्याण्डर सोर्लोथ र एन्टोनियो नुसाले सुरुवातमै दुई गोल गरे। त्यसपछि आर्सेनलका प्लेमेकर मार्टिन ओडेगार्डले म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई तेस्रो गोलको लागि पास दिए । यी सबै गोल पहिलो हाफमै भए।
इटाली अघिल्ला दुई विश्वकपमा छनोट हुन असफल भएको थियो। हाल टोली समूह ‘आई’ मा चौथो स्थानमा छ, यद्यपि नेसन्स लिगमा सहभागिताका कारण उसले माथिका टोलीहरूभन्दा दुई खेल कम खेलेको छ ।
नर्वे नौ अंकसहित शीर्ष स्थानमा छ, इजरायल छ अंकसहित दोस्रो, र एस्टोनिया तीन अंकसहित तेस्रो स्थानमा छ।
स्पालेत्तीले खेलपछि भने, ‘हामीले केही पक्षहरूमा सुधार गर्न आवश्यक छ, किनभने हामीले बल सजिलै गुमाएर विपक्षीलाई फाइदा दिनु हुँदैन।’
इटालीका कप्तान जियानलुइजी डोनारुम्माले भने, ‘मेरो कुनै स्पष्टीकरण छैन। हाम्रा समर्थकहरूले यस्तो प्रदर्शन सहनु पर्ने होइन । हामीले आत्मसमीक्षा गर्नुपर्छ। यो अस्वीकार्य छ।’
इटालीको अर्को खेल सोमबार मोल्डोवाविरुद्ध हुनेछ, जो समूहको पुछारमा रहेको छ र दुई खेलमा कुनै अंक प्राप्त गर्न सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण