बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

चुनावपछि दाङ प्रदेश पाँचको राजधानी, शंकर पोखरेल मुख्यमन्त्री : महरा

शुक्रबार, १५ मङ्सिर २०७४, १४ : ४२
शुक्रबार, १५ मङ्सिर २०७४

दाङ । नेकपा माओवादी केन्द्रका नेता एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्धवार कृष्णबहादुर महराले वाम गठबन्धनको बुहमतमात्रै नभएर दुई तिहाईभन्दा बढि बहुमत आउने दाबी गरेका छन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता महराले भने, “आन्तरिक तथा बाह्य पर्यवेक्षकहरुको आँकलनपनि बाहिर आएको छ । पहिलो चरणको निर्वाचनमा ३७ मा २७ भन्दा बढि बाम गठबन्धनले जित्ने आँकलन आएको छ, अब बाकस खोल्न बाँकी छ । दुई तिहाईभन्दा बढि नै आउँछ ।’

उनले बाम गठबन्धनले दुई तिहाई मत ल्याएर सरकार बनाएपनि कम्युनिष्ट शासनको अभ्यास नहुने स्पष्ट पारे । उनले भने,“यहाँ अहिले हल्ला फिँजाईएको जस्तो कम्युनिष्ट शासनको अभ्यास हुनेवाला छैन, हामी त अहिलेसम्म भएका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्नेगरि संविधान कार्यान्वय र यसले निर्दिष्ट गरेका वाटाहरु पछ्याउँछौं, एकदलीय पनि होईन, अधिनायकवाद पनि होईन, यही संविधानको मर्म र भावना अनुसार अघि बढ्छौं ।”

महराले संविधान जारी भएपछि अब देशको ध्यान समृद्धितिर भएकोले सोही उद्देश्य प्राप्तिको लागि आफूहरु केन्द्रित रहने जनाए । उनले थपे, “केही वर्षदेखि यता मेरो ध्यान पनि समृद्धिमा छ । यहाँका बाटोहरुका आन्तरिक व्यवस्थापन गर्न, पर्यटनको हब बनाउने, त्यतिमात्रै नभएर पश्चिम नेपालकै केन्द्र बनाउने र सबै किसिमका हब बनाउने, पाँच नम्बर प्रदेको राजधानी बन्छ । शंकर पोखरेल मुख्यमन्त्री बन्नुहुन्छ । बाामपन्थीहरुले दुई तिहाई ल्याउँछ । 

दाङ्लाई पाँच नम्बर प्रदेशको राजधानी बनाउनेबारे वाम गठबन्धनको आधिकारिक दृष्टिकोण नआएपनि गठबन्धनका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले आफू र शंकर पोखरेलसँग दाङ्लाई नै राजधानी बनाउने बचन दिएको सुनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप