पीएसजी बराबरीमा रोकियो
सोमबार, २६ बैशाख २०७९, ०८ : ०९

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।
नेयमारले पेनाल्टीमा २५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए । फ्लोरिनले ४९ औं मिनेटमा गोल गर्दै ट्रोयसलाई २–२ गोलको बराबरीमा ल्याए ।
बराबरीसँगै च्याम्पियन पीएसजीले ३६ खेलमा ८० अंक जोडेर शीर्ष स्थानमा छ । ट्रोयस ३७ अंक जोडेर १५ औं स्थानमा छ ।