बिहीबार यी सहरको तापक्रम ४१ डिग्रीसम्म पुग्ने
सारांश
- देशभर तापक्रम बढ्दो क्रममा रहेको छ, जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ।
- बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही क्षेत्रमा वर्षाको सम्भावना छ।
- कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
- पोखरा, ओखलढुंगा, धनकुटा, विराटनगर लगायतका क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ, अन्यत्र तापक्रम बढ्नेछ।
काठमाडौँ । पछिल्ला केही दिनमा देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा केही क्षेत्रमा वर्षाको सम्भावना पनि रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज पोखरा, ओखलढुंगा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी र ताप्लेजुङ लगायत क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज पहाडी र हिमाली क्षेत्रबाहेक अन्य भागमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियसमाथि रहने देखिएको छ । दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने पूर्वानुमान छ ।
वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा ३७ डिग्री सेल्सियसदेखि ३९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको भनाई छ । राजधानी काठमाडौँमा पनि आज अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण