सुदूरपरपश्चिमको विकासमा लाग्छु : देउवा
सोमबार, २६ वैशाख २०७९, २२ : १२
१
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेका छन् । गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उनले भने, “यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु ।”
आफ्नो गाउँ ठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा काँग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । उनले भने, “पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ । अहिले सबै ठाउँमा सडक पुगिसकेका छन् । कच्ची बाटा छन् । अब कालोपत्र गर्नु पर्नेछ । त्यो सबै मैले गर्ने हो ।” भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण