सुदूरपरपश्चिमको विकासमा लाग्छु : देउवा
सोमबार, २६ वैशाख २०७९, २२ : १२
१

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेका छन् । गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उनले भने, “यहीँ मेरो घर हो र गाउँ पनि हो । यस कारण यहाँको शैक्षिक विकास, प्राविधिक शिक्षालगायतका सबै क्षेत्रमा मैले विकास गर्नेछु ।”
आफ्नो गाउँ ठाउँको विकास आफूले नै गर्ने भएकाले गन्यापधुरा गाउँपालिकामा काँग्रेसबाट अध्यक्षका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । उनले भने, “पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ । अहिले सबै ठाउँमा सडक पुगिसकेका छन् । कच्ची बाटा छन् । अब कालोपत्र गर्नु पर्नेछ । त्यो सबै मैले गर्ने हो ।” भातकाँडा–रुवाखोला–बडाल–रेल सडकलाई कालोपत्र गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी डाइभर्सन हुन सक्दैन: मुख्यमन्त्री पाण्डे
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
आप्रवासीको प्रदर्शनपछि अमेरिकाको लस एन्जलसमा तनाव, २ हजार नेसनल गार्ड तैनाथ
-
विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे प्रधानमन्त्री ओलीले के भने ?
-
आजै दोस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
बजेटले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट