शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दमक नगरपालिकाका मेयरका उम्मेदवार थापा अस्पताल भर्ना

बिहीबार, २९ वैशाख २०७९, १५ : २३
बिहीबार, २९ वैशाख २०७९

दमक नगरपालिकाको मेयर पदका उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश-१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी बुधबार साँझ बिरामी परेर दमक आम्दा अस्पताल भर्ना भएका थिए । 

तर, अस्पतालमा भिडभाड भएपछि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको एक नेताले जानकारी दिए । धरानमा जाँचका क्रमम एपेन्डिसाइट भएको पुष्टि भएको छ । 

यद्यपि उनी आजै डिस्चार्ज हुने बताइएको छ । निर्वाचनलगत्तै एपेन्डिक्सको शल्याक्रिया हुने उनले बताए । ‘अहिले इन्जेक्सनले काम गर्छ भन्ने डाक्टरको सल्लाह छ,’ ती नेताले भने, ‘अब निर्वाचनलगत्तै अपरेसन हुन्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप