अर्को वडामा नजान मतदातालाई ओखलढुंगा प्रशासनको निर्देशन
बिहीबार, २९ वैशाख २०७९, १९ : ३५
ओखलढुंगा जिल्ला प्रशासन कार्यालयले मौन अवधिमा मतदाताहरूलाई विनाकारण एक वडाबाट अर्को वडा वा टोलमा नजान निर्देशन दिएको छ । प्रशासनले विनाकारण अर्को वडा वा टोलमा गए कारवाही गर्ने चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालयले विहीबार अत्यन्त जरुरी सुचना जारी गर्दै स्थानीय तह निर्वाचन आचारसंहिता अनुसार गत वैशाख २७ गते रातिबाट मौन अवधि सुरु भएको स्मरण गराउँदै सवैलाई आचारसंहिताको पालना गर्न भनेको छ ।
‘आचारसंहिताको उल्लंघन गरेमा तथा विनाकारण एक वडा वा टोलका मतदाता अर्को कुनै वडा वा टोलमा आवतजावत गरेमा कानुन बमोजिम कारवाही गरिने व्यहोरा सम्बन्धित सवैलाई जानकारी गराइन्छ’, सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले जारी गरेको सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण